सम्वन्ध विच्छेद गरेकी मनिषा कोइराला अव आमा वन्दै !

फिल्मि जगतमा कुनै बेला निकै व्यस्त रहने नायिक मनिषा कोर्इराला आजभोली खाली नै छिन्। क्यान्सर जस्तो भयावह रोगलार्इ जितेर पुनर्जिवन पाएकी नायिका पाँच वर्ष पश्चात आफु आमा वन्ने निर्णयमा पुगेकी छिन्। 
सम्राट दाहालसँगको बैवाहिक सम्वन्ध विच्छेद गरेकी मनिषा कोर्इराला कसरी आमा वन्दै छिन् त? उनी कुनै बच्चालार्इ आफै जन्म  दिएर आमा वन्न लागेकी होइनन्। पछिल्लो समाचार अनुसार उनले एक वच्चलाइ आफ्नो बच्चा सरह पाल्ने निर्णय गरेकी छन्। 
आफु रोगबाट पूर्णतः निको भैसकेकोले आफुले यस्तो निर्णय गरेको उनी बताउछिन् र यस निर्णयबाट आफु निकै उत्साहित रहेको पनि उने व्यक्त गरेकी छिन्। 
उनले यस कामलार्इ आफ्नो जिवनको नयाँ पाटो भनेकी छन्। 

Leave a comment