१६ वर्ष मुनिकाले हेर्न नपाउने भए रेखा थापाको फिल्म !

अभिनेत्री रेखा थापाको पछिल्लो चलचित्र ‘पलास’ बालबालीकाले हेर्न नपाउने भएका छन् । मंगलबार चलचित्र सेन्सरबोर्डले चलचित्र सेन्सर गर्दै बालबालीकाको लागि रोक लगाएको हो । सेन्सरले चलचित्रको सम्बाद एडल्ट रहेको भन्दै बालबालीकाको लागि रोक लगाएको निर्मात्री कृषा चौलागाइले बताएकी छन् । उनले भनिन् ‘केहि संवादका कारण आफ्नो ‘पलास’लाई सेन्सरले एडल्ट सर्टिफिकेट थमाएको छ ।’

रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया लगायतको अभिनय रहेको चलचित्र १६ बर्ष मुनिका बालबालिकाको लागि रोक लागेको हो ।

नायिका रेखा थापा अधिकांश चलचित्रमा एक्सन अवतारमा देखिदै आएकी छिन् । तर शिक्षिकाको भुमिकामा देखिएको चलचित्रले भने एडल्ट सर्टिफिकेट पाएको छ । उनको यो चलचित्रमा कल गर्लको भूमिका पनि रहेको छ ।

Leave a comment