सारा अलि खान "Student of the Year 2" बाट डेव्यु नगर्ने !

करन जोहरको “Student Of the Year 2” बाट टाइगर स्रफको  opposite मा सारा अलि खानलाइ बलिउडमा नयँ प्रबेश गराइने कुरा निकै चर्चामा रहेको थियो । तर पछिल्लो समाचार अनुरसार आलिया भाट, बरूण धावन र  सिद्धार्थ मलहोत्रालाइ बलिउडमा स्थापना गराउने 2012 को सिक्वेलबाटआफ्नी छोरीको इन्ट्री नगराउने उनका बाबु सैफ अली खानले बताएका छन् । 
एक रिपोर्ट अनुसार सारा अलि खानलाइ दुइजना नायिका भएको फिल्म खेल्नुमा कुनै रूची छैन । धर्म प्रोडक्सनसँग निकटतम स्रोतका अनुसार सारा अलि खानले एकल नायिका फिल्मबाट मात्रै आफ्नो डेव्यु गर्नेछिन् । सम्पुर्ण मिडियाको दबावका कारण करण जोहर भने सारा अलि खानको डेव्युका विषयलार्इ लिएर निकै चिन्तित छन् । किनकी उनलाइ स्थापना गर्ने सम्पूर्ण जिम्मेबारी करनले लिएका थिए । उनी सारालार्इ पनि Student of the Year बाट डेव्यु  गरेकी अालिया भाट जति नै सफल देख्न चाहन्थे । 
पछिल्लो हल्ला अनुसार  साराका पिता सैफ अलि खान भने सारालार्इ करन जोहरको फिल्मबाट डेव्यु  गराउने कुराको  पक्षमा नरहेको कुरा व्यापक थियो । “करन जोहरको फिल्मबाटै म साराको डेव्यु  गराउन चाहन्छु” भनेपछि उनले यो हल्ला निराधार रहेको प्रमाणित गरेका थिए ।

Leave a comment