पहिले प्रतियोगी, अहिले "जज" !

नेपाली संगीतको आकाशमा र्इन्दिरा जोशी नयाँ नाम होइन । हामी मध्ये धेरैलार्इ थाहा भएकै कुरा हो की र्इन्दिरा जोशी कुनै समय नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम नेपाली ताराको एक प्रतियोगी हुन्। उनी उक्त प्रतियोगीताका तिन विजेता दिपक लिम्बु र धर्मेन्द्र सेवान मध्येकी एक हुन्।

उनी प्रतियोगी हुदै हाल एक प्रतियोगिताका लागि निर्णायकको रूपमा आफुलार्इ स्थापना गरेकी छन् । उनी नेपालको एक मात्र नेपाली HD च्यानल AP1 बाट प्रशारण हुने गायन सम्वन्धि प्रतिस्पर्धात्मक कार्यक्रम नेपाल आर्इडलमा एक “जज”का रूपमा काम गर्दैछिन् ।

कान्तिपुरसंगको अन्तर्वार्तामा उनले जज हुन पाउँदा आफुलाइ आफ्ना पुराना दिनहरू याद आएको बताइन् । उनले थपिन-“पहिले गायन रियालिटि सो मा प्रतियोगी थिएँ, अहिले निर्णायक भएर जाने मौका पाएँ । पहिले र अहिलेको परिस्थितिमा धेरै फरक छ । त्यतिबेला भन्दा अहिले प्रविधि र पहुँच धेरै फेरिएको छ । नेपाल आइडलको आकर्षण देशभर देखियो । “

२५ फाल्गुण, २०७३ मा प्रकाशित

Leave a comment